१९ औं डाबर वाटिका तीज फेस्टिवल—श्रृजनशील उद्यमी मेला—२०७९ आयोजना हुने भएको छ । राईजिङ्ग नेपाल प्रा.लिको व्यवस्थापनमा आयोजना हुने मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने श्रावण २७ देखि ३१ गते सम्म त्रिपुरेश्वर, काठमाडौंमा फेस्टिभल आयोजना हुने छ ।यस पटक हुने वृहत् मेलामा एक सय भन्दा बढी स्टलहरु रहने छन् । यस मेलालाई २५ हजार भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेका छ्न् । आयोजक महिला श्रृजनशील केन्द्रले एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ५ दिने मेला आयोजना गर्न लागिएको जनाएको छ । महिला श्रृजनशील केन्द्रले महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्घि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्न तथा आर्थिक रुपमा सबल बनाई प्रविधि मैत्री वातारवण सिर्जना गर्दै सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्ष देखि यस प्रकारको मेला आयोजना गर्दै आएको छ ।मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम निशुल्क स्वास्थ्य शिविर, फोटो सुट र मेहेन्दी आर्ट आदी लगाएतका कार्यक्रमहरु आयोजना गरिने छ । काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका साथै चन्द्रागिरी नगरपालिको सहयोगमा केहि स्टलहरु रहने यस मेलामा आयोजकहरुले १० वटा भन्दाबढि स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्रका महिलाहरुका लागि निशुल्क उपलब्ध गराएको छ ।