फिल्म  ‘वर एण्ड वधु’को सुटिङ सकिएको छ l ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम नेपाल फर्किएको छ भने साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’  फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी, आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहेको छ । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् l