‘भ्वाइस अफ नेपाल’ सिजन ४ मा निर्णायकको रुपमा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारी रहने भएका छन् l दीप श्रेष्ठले यो सिजनाका लागी बिश्राम लिएपछी आयोजक टिमले दुई नयाँ निर्णायकलाई भित्र्याएका हुन् l अघिल्ला सिजनका प्रमोद खरेल र राजु लामा यो सिजनमा पनी दोहोरीने छन् l डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा सहित ब्लाइन्ड अडिसनको तयारीमा जुटेको निर्माण टिमले आज औपचारिक घोषणा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।