आज शुत्रबार सिनेमा हलमा दुई नेपाली चलचित्रहरु रिलिज भएका छन् । जसमा ‘द मंगोलियन हार्ट’ र बंगाली चलचित्रलाई नेपालीमा डब गरिएको चलचित्र ‘यति’ रहेको छ ।  एक्सन र रोमान्टिक जनरामा बनेको चलचित्र ‘द मंगोलियन’ हार्टलाई एलआर लामाले निर्देशन गरेका हुन् । जसमा अन्तरजातीय प्रेमकथालाई देखाइएको छ । चलचित्रमा रोसनी ब्लोन, आरएल लामा, प्रतीक्षा खड्का, धिरन शाक्य, सुशील पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायत कलाकारको अभिनय रहेको छ । ‘द मंगोलियन हार्ट’मा कथा निर्देशक एलआर लामाको रहेको छ भने चलचित्रलाई देबिका खड्का र माया लामाले निर्माण गरेका हुन्। 
त्यस्तै बंगाली चलचित्रलाई नेपालीमा डब गरिएको ‘यति’ नामक चलचित्र पनि आज बाट प्रदर्शनमा आएको छ । चलचित्रमा प्रजनजित चटर्जीको मुख्य भुमिका रहेको छ भने हिममानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्षको कथा नै यतिमा देखाइएको छ ।