गायिका मेलिना राईको इन्गेजमेन्ट तोडिएको छ । उक्त कुराको जानकारी राईले सामाजिक सञ्जाल मार्फत बताएकी हुन् l केही महिना अघि मेलिना र एरेन्जर तथा गिटारिस्ट सञ्जीव बराइली बिहे बन्धनमा बाधीने खबर आएको थियो l मेलिना स्वयमले नै सो कुरा बारे जानकारी पनि गराएकी थिइन् l l इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उनले विवाह गर्ने लागेको जानकारी दिएकी थिइन् l तर अहिले आएर अब बिहे नहुने उनले जानकारी गराएकी हुन् l सञ्जालमा मेलिना लेख्छिन् : विषय - Engagement तोडिएको जानकारी ! \केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो बिचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै engagement हरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्बजानिक गर्दछु । यो बिचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर साङ्गीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।