गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको 'मन बिग्रने त्यति खेर'हो बोलको  गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत गीतमा समावेश छ । गीतमा गायक स्वयम् बुढाथोकीको साथमा बिना बिस्वकर्मा र अस्मिता रनपाल फिचर्ड छन्। 

भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी रहको भिडियोमा दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन र मिलन बिस्वकर्माको रंग संयोजन रहेको छ। गोकुल कुमारी श्रेष्ठको निर्माणमा भिडियो बनेको हो ।