अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । फिल्म `सायरा´ मा आर्यन अनुबन्धित भएका हुन् ।फिल्ममा अनुबन्धित भएका आर्यन र  निर्माण टिम बिच लिखित सम्झौता पनि भैसकेको छ । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा निर्माण  हुनेछ ।  साथै फिल्म निर्देशन गर्न बलिउडका निर्देशकलाई भित्र्याउने निर्माण टिमको योजना छ । असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्ममा कथा रघुकै रहेको छ । फिल्मको लागि अन्य कलाकारहरुसँग कुराकानी भइरहेको निर्माण टिमको भनाइ छ ।