फिल्म `छड्के २´ को यतिबेला धमाधम वर्कशप चलिरहेको छ । उक्त फिल्ममा अहिलेका हटकेक अभिनेता अनमोल केसि मुख्य भुमिकामा देखिदै छन् । लुक्स पनि भिन्न छ । यसको तयारीका लागि यतिबेला उनी भरतपुरको चितवनमा वर्कसप गरिरहेका छन् । फिल्मको भुमिकाको लागि मिहिनेत गरीरहेका अनमोलको केहि तस्विरहरु सार्वजनिक भएको छ । तस्विरमा अनमोलको मूड र लुक्स हेर्दा फिल्ममा उनी एङ्ग्री योङम्यानको भूमिकामा प्रस्तुत हुन लागेको अनुमान गर्न सकिन्छ । लक्ष्मण काफ्ले पनि निर्माता रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपालको पनि अभिनय रहनेछ । ग्याङस्टार र कमेडी कथामा निर्माण हुन लागेको फिल्मको चितवन र मनाङमा छायांकन हुनेछ । फिल्म लाई निगम श्रेस्ठले निर्देशन गर्न छन् । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए । फिल्म्सको ब्यानरमा बन्न लागेको ग्याङ्गस्टर फिल्मको छायांकन सेड्युल ६० दिनको रखिएको छ ।