गत आइतबार केकी अभिनित ‘झिँगे दाउ’को ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरमा केकीको भूमिकालाई दर्शकले अत्याधीक रुचाएका छन् l युट्युबमा हाल सम्म २ लाख माथिले ट्रेलरले हेरीसकेका छन् l

 

Cine Pati Cine Pati

फिल्ममा केकीको अलावा नायिका आँचल शर्मा , नायकद्दय मुकुन भुसाल र कुशलको अभिनय रहेको छ l फिल्ममा केकी र आँचल देउरानी-जेठानीको भूमिकामा देखिएका छन् l निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको ट्रेलर युट्युब च्यानल ओेएस्आरबाट सार्वजनिक गरिएको हो l  प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगे दाउ’ कपन गढी सिनेमा प्रा.लि को ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

तस्विर :बिकास अर्याल

 

 

 

 

Cine Pati Cine Pati Cine Pati Cine Pati

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ भने यसको पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘बुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो । आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ l  

भिडियो: