गायिका मलिना राईको आवाजमा रहेको ‘तल्लाघरे साईला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी दीपेन्द्र घिमिरेको शब्द, एस.डी योगीको संगीत र रिकेश गुरुङ “किज“ को एरेन्ज रहेको गीत हालै सार्वजनिक भएको हो । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन् भने भिडियोमा नायक गौरव पहारी र बेबो आचार्यको अभिनय रहेको छ। अर्जुन तिवारी को छायाङ्कन रहेको भिडियोमा राजिव समर को कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन।