गायिका स्वस्तिका ढकालको आवाजमा “सम्हाल्दा सम्हाल्दै” बोल रहेको गीत सार्वजनिक भएको छ । सुशिला पौडेलको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोलाई शयनम अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा अलिशा शर्मा र निया तामाङको अभिनयसंगै जोकर क्रु समूहलाई पनि देख्न सकिन्छ ।
पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई श्याम कार्की युट्युब च्यानलमा गएर हेर्न सकिन्छ । एसके इन्टरटेन्मेन्टले भिडियोको निर्माण गरेको हो l