भदौ ३१ गते प्रदर्शन हुने भनिएको फिल्म ‘लाखे’ को रिलिज मिति सारीएको छ । निर्माण टिमले भाद्र ३१ लाई छोड्दै कार्तिक ११ गतेलाई फिल्मको मिति लक् गरेका हुन्। निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्मको निर्माण गरेका छन् l फिल्ममा नायिका वर्षा राउत, नायक सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतको अभिनय रहेको छ l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् ।