अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को नेपाल अघी चिनमा देखाइन्र भएको छ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा  बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ साउन ३० गते फिल्म देखाउन लागिएको हो ।  आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई सौगात र सुवर्ण थापाले निर्माण गरेका हुन् l फिल्ममा सौगात र सृष्टिको अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै दयाहाङ राई र निश्चल बस्नेतलाई पनि फिल्ममा देख्न सकिन छ l फिल्म भाद्र १० गते प्रदर्शनमा आउँदै छ l