“माया गर गौंथली” बोलको गीत सार्वजनिक भएको छ l  सार्वजनिक गीतमा गायिका तारी श्री मगर र दिलिप राणाको आवाज समावेश छ l  अर्जुन गौतमको शब्द सिर्जना र मिन प्रकाश ओलीको संगीत रहेको गीतमा ऐरेन्ज र मिक्सिङ महेश बिक्रम पाण्डेको रहेको छ ।

भिडियोमा सुमन ज्योति न्यौपाने (ल्याङ्ग्रे दादा) ईष्टु कार्की र बिना राउत को धमाकेदार अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियो छायांकन भने बासु न्यौपानेले गरेका हुन l भिडियो सम्पादन पदम सुबेदीले गरेका छन् l अर्जुन गौतमको निर्देशन रहेको भिडियोलाई 5G मिडिया नामक युट्युब च्यानल बाट सार्वजनिक गरीएको छ ।