फिल्म ‘फूलबारी’को औपचारिक घोषणा गरीएको छ । गत बुधबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको घोषणा गरेको हो । निर्देशक रामबाबु गुरुङले निर्देशन रहने फिल्म यशोधा फिल्म्सको ब्यानरमा निर्माण हुने छ ।फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमलकिशोर मालपानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता मनिष ढकाल हुन् ।