अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को तिन पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टर्मा फिल्मका मुख्य कलाकार धिरज ,अदिति नायिका तृप्ति नाड्करका छोरा धिरज नाड्कर लाइ फिचर्ड गरीएको छ ।  सुरेन्द्र पौडेल निर्देशन रहेको फिल्म बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो lत्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र अदितिको अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् l पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुष्मा गुरुङ र  मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् l फिल्म  आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ l