फिल्म 'प्रेम गीत ३'को हिन्दि र नेपालि दुवै टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता प्रदिप खड्कालाई भिन्न अवतारमा देखाइएको छ । उनलाई टिजरमा एक योद्धाको भेषमा देखिन्छन् भने रगतले लतपतिएको अनुहारमा निकै आक्रोश देख्न सकिन्छ । घोडामा सवार उनी कुनै युद्धमा भएको टिजरले बताउँछ । फिल्मको टिजर निकै आकर्षक देखिएको छ। हिन्दी भाषाको टिजरमा ध्वनीको काम निकै आकर्षक देखिएको छ। छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्।
आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको फिल्ममा शिव श्रेष्ठ, पुस्कर कार्की, माओत्से गुरुङ्ग, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ।
सन्तोष शेन निर्माता रहेको फिल्ममा चक्रबहादुर चन्द र डम्बर बिक्रम शेन कार्यकारी निर्माताको रुपमा रहेका छन्।