फिल्म 'पर्देशी २' को रिलिज मिती सारीएको छ l फाल्गुन ५ गतेलाई फिल्मको रिलिज मिती तय गरीएको हो l फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् l यसै फिल्म मार्फत गायक प्रकाश सपुतले नायकको रुपमा डेब्यु गरेका छन् l रमेश विजीले कथा रहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा बोल्ने 'परदेशी २' २०७२ सालमा प्रदर्शनमा आएको फिल्म 'परदेशी' को सिक्वेल हो l