अभिनेता कर्मा श्रेष्ठ बिहे बन्धनमा बाधीएका छन l कर्मले विदेशी प्रेमिका एनी सोफीसँग विवाह गरेका हुन् । गत वर्ष नै विवाह गरेको भए पनि यो कुरालाई गुपचुप राखेका कर्माले बिहे भोजको आयोजना गरेका छन् l बिहे भोजको तस्विर पनि सार्वजनिक गरीएको जसमा उनको रिसेप्सन परम्परागत नेवारी भोज भनिएको छ । कर्म र एनीले आफू निकट फिल्मकर्मी, व्यवसायी र साथीभाइलाई रिसेप्सनको निम्तो दिएका छन् । कार्डमा कर्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले आयोजना गरेको निम्तोमा कर्म वेड्स एनी सोफी लेखिएको छ ।