फिल्म 'कृष्ण लीला' टिमले चितवनमा फ्री कन्सर्ट गर्ने भएको छ l फिल्म युनिटले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको हो । ओएसिस एजुकेसन (अष्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रविन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रवि ओड र गायिका सुनिता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठ लगायतको टोलीले चितवनवासीलाई झुमाउने छन् l द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकिवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिट लगायत छन् । दीपक ओलीको निर्देशन रहेकोको फिल्ममा कृष्ण र लीलाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ l फिल्ममा  रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतलाई देख्न सकिन्छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण सुवेदीको लेखन रहेको छ l प्रकाशराज कार्की र केबल तामाङको लगानी रहेको ‘कृष्ण लीला’ मा पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुप्मा छन् ।  फिल्मलाई शिव ढकालले खिचेका हुन् l  फिल्म भाद्र ३ गते रिलिजमा आउँदै छ l