फिल्म ‘प्रेम गीत ३’ को नेपाली टिजर सार्वजनिक भएको केही घण्टामै युटुवको ट्रेन्डिङमा पर्न सफल भएको छ । टिजरलाई एक दिनमै ९ लाख भन्दा बढी भ्युज मिलेको छ । उता बलिउड नगरीमा पनि हिन्दी भर्सनको टिजर ट्विटर ट्रेन्डिङमा छ । गत शनिबार सार्वजनिक गरीएको टिजरलाई दर्शकले अत्याधिक माया दिएका हुन् l छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको फिल्ममा शिव श्रेष्ठ, पुस्कर कार्की, माओत्से गुरुङ्ग, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ। प्रेम गीत ३’ फिल्म असोज ७ गते नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुँदैछ ।