चलचित्र 'बाबु कान्छा'को पहिलो गीत सार्वजनिक भएको छ । 'चन्द्रमा झैँ राम्री छौ' बोलको गीत शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो । केहि बर्ष अगाडी सार्वजनिक ‘चन्द्रमा झैं राम्री छौं’ बोलको रिमेकमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, ऋतिक शाही, करिश्मा श्रेष्ठ लगायतका कलाकार फिचरिङ छन् । मङ्सिर १५ लाई रिलिज मिति तय गरेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका छन्।चलचित्रमा सलोन , ऋतिक, करिश्माको साथमा सरोज खनाल, निर शाह, राजाराम पौडेल, लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ।