एल्बम ‘द काइटस’ को विमोचन गरिएको छ । गायक कारण राईको पहिलो एल्बम राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बिमोचन गरीएको हो l सार्वजनिक एल्बममा ९ गीत समावेश छन् । सबै गीतमा करणको स्वर समावेश छ । डोएट गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । एल्बमका गीतमा क्रमशः प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ भने देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् । गायकद्धय गणेश रसिक, राजेशपायल राई र अभिनेता दयाहाङ राई सहितका व्यक्तिले एल्बम विमोचन गरेका थिए।