रिलिज मिती नजिकिदै गर्दा 'माइकल अधिकारी’ निर्माण टिमले फिल्मको प्रचारलाई तीव्र बनाएको छ । निर्माण टिमले शनिबार र आइतबार प्रदेश १ को विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलन तथा कन्सर्ट गरेको छ । विर्तामोडको वान स्टप मल र विराटनगरको सेन्ट्रल मलमा आयोजना गरिएको कार्यक्रममा कलाकारले फिल्मको गीतमा प्रस्तुति दिएका थिय l फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र श्रीस्टि श्रेष्ठ रहने छन् ।  फिल्मलाई काठमाण्डौ भित्र रिच इन्टरटेनमेन्टले तथा अन्य स्थानमा श्री कृस्ना फिल्म्स डिस्ट्रिब्युटरले वितरण गर्ने छ। फिल्म भदौ ३ बाट देशभरमा हलमा प्रदर्शनमा आउनेछ ।फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । गोपीकृष्ण फिल्म्सको संचालक चर्चित संचारकर्मी रवी लामिछानेकी श्रीमती निकिता पौडेल समेत रहेकी छन् ।  सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’ को आउँदो भदौ ३ गते प्रदर्शनमा आउँदैछ । सौगात र सृष्टिको प्रेम , गरिवीलाई फिल्मको कथा बनाइएको छ । सार्वजनिक सामग्रीमा पैसाको बिछ्याउनामा प्रेमील भावमा देखिएका उनीहरु पैसाकै लागि अरुको बच्चालाई आफ्नो रेखदेखमा जन्म दिन तयार छन्। सृष्टि आमा बनेपछि बच्चा फिर्ता गर्न नमान्दा आउने द्वन्द्वनै फिल्मको कथा हो।