हिजोआज नेपाली नायिकाहरु बकिनिमा देखिन त्यति अफ्ठ्यारो मान्दैनन् । झन्, गर्मिको समयमा त स्विमिङ पुलमा बिकिनिमा रमाएको तस्बिरहरु सार्वजनिक गर्ने त ट्रेन्डनै आइसक्यो । जे होस्, बिकिनिका तस्बिरहरु सार्वजनिक गर्दा कलाकारहरुले राम्रै स्थान पाउँछन् संचारमाध्यममा । नेपाली नायिकाहरु बिकिनिका तस्बिरहरु सार्वजनिक गरिरहन्छन् । अझ नेपालबाट बाहिरी देश पुगेपछि त झनै धेरै यस्ता तस्बिरहरु आउने गर्छ ।
नायिका प्रियंका कार्की, सृष्टि श्रेष्ठ, अदिति बुढाथोकी, सुष्मा कार्कीले बिकिनीका तस्बिरहरु सार्वजनिक गरिरहेका हुन्छन् ।
त्यस्तै अहिले नायिका स्वस्तिमा खड्काले पनि बिकिनिका तस्बिरहरु समाजिक संजालमा प्रस्तुत गर्ने गरेकी छन् । टेक्ससको समुन्द्रमा उनि बिकिनिमा देखिएकी छन् । इन्स्टाग्राममा उनले उक्त तस्विरहरु सार्वजनिक गरेकी हुन् ।