अदिति बुढाथोकी र धिरज मगर अभिनीत फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।सुरेन्द्र पौडेल निर्देशन रहेको फिल्म बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो l
त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र अदितिको अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् l पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुष्मा गुरुङ र मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् l फिल्म असोज १४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ