नेपालकै सबै भन्दा ठुलाे डिजिटल वालेट ईसेवाले १ रुपैयाँ मै फिल्म माईकल अधिकारी हेर्ने अफर सार्वजनिक गरेकाे छ । भाद्र ३ गतेदेखि देशभरका सिनेमा हलहरुबाट प्रर्दशनमा आउने माईकल अधिकारीकाे टिकेट तपाईंले १ रुपैयाँमा नै किन्न पाउनु हुनेछ । गोपीकृष्ण मुभिजकाे बयानरमा उद्वव पौड्यालको प्रस्तुति, निरक पौडेलकाे निर्माण रहेकाे फिल्मलाई विशेष महत्वका साथ ईसेवाले प्रमाेट गरेकाे छ। सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेकाे ड्रामा,कमेडी जनरकाे फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका छन् । गीत तथा ट्रेलरबाट राम्रो हाईप क्रिएट गरेकाे फिल्मकाे ईसेवा वालेटमा गएर १ रुपैयाँमा टिकेट काट्न सक्नु हुनेछ ।