फिल्म ‘वर एन्ड वधू’को रिलिज मिति तय गरिएको छ। फिल्म फागुणको १९ गतेबाट हलमा रिलिज हुने भएको छ । मिलन चाम्सले निर्देशन निर्माण रहेको फिल्ममा अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यको जोडी बाँधिएको छ ।विजय लामा, रमेश बुढाथोकी, रवीन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको फिल्ममा अभिनय रहनेछ । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि विशेष भूमिकामा हुनेछिन् जेठ अन्तिमबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म लभ स्टोरी कथामा निर्माण भएको छ l नेपाली र हिन्दी भाषामा निर्माण भएको फिल्ममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुसालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ l फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । रोमानिया, इटली, फ्रान्स र नेपालमा फिल्म खिचिएको छ l