फिल्म ‘माइकल अधिकारी’को गीत सार्वजनिक भएको छ । शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको ‘फापरको रोटी’ गीतमा दयाराम दाहालको शब्द तथा शम्भुजित बाँस्कोटाकै संगीत छ । भिडियोमा अभिनेत्री सुष्मा कार्की र अभिनेता यशराज गराजको अभिनय देख्न सकिन्छ ।रन्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगात मल्ल र शृष्टि श्रेष्ठ फिचर रहेका छन्। फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र श्रीस्टि श्रेष्ठ रहने छन् । फिल्मलाई काठमाण्डौ भित्र रिच इन्टरटेनमेन्टले तथा अन्य स्थानमा श्री कृस्ना फिल्म्स डिस्ट्रिब्युटरले वितरण गर्ने छ।
फिल्म भदौ ३ बाट देशभरमा हलमा प्रदर्शनमा आउनेछ ।फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । गोपीकृष्ण फिल्म्सको संचालक चर्चित संचारकर्मी रवी लामिछानेकी श्रीमती निकिता पौडेल समेत रहेकी छन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’ को आउँदो भदौ ३ गते प्रदर्शनमा आउँदैछ । सौगात र सृष्टिको प्रेम , गरिवीलाई फिल्मको कथा बनाइएको छ । सार्वजनिक सामग्रीमा पैसाको बिछ्याउनामा प्रेमील भावमा देखिएका उनीहरु पैसाकै लागि अरुको बच्चालाई आफ्नो रेखदेखमा जन्म दिन तयार छन्। सृष्टि आमा बनेपछि बच्चा फिर्ता गर्न नमान्दा आउने द्वन्द्वनै फिल्मको कथा हो।