चलचित्र 'मेरो पैसा खोई'को पहिलो गीत सार्वजनिक भएको छ । आउँदो दशैँको छेको पारेर फूलपाती (असोज ११) मा प्रदर्शन हुने भनिएको चलचित्रको पहिलो गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको हो । प्रदर्शन हुन् हप्ता दिन समेत बाँकी नहुदा निर्माता तथा चलचित्रका निर्देशक रोज राणाले मेरो पैसा खोइ असोज ११ गते नै प्रदर्शनमा आउने बताएका थिए तर साेही मितिमा चलचित्रकी मुख्य अभिनेत्री बर्षा राउत अभिनित 'छक्का पन्जा २' प्रर्दशनमा अाउदै छ। सार्वजनिक 'ओ कान्छी' बोलको गीतमा भने गायक प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् ।
गीतमा दयाराम पाण्डेको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र बर्षा राउतको विवाह भएको देखाइएको छ । चलचित्रमा सौगात र बर्षाको साथमा छुल्टिम गुरुङ, सागर तिवारी, बुद्धि तामाङ, प्रमोद अग्रहरी, दयाराम पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रोज रानाले निर्देशन गरेका हुन् भने उमा केसीको लगानी रहेको छ ।