आज भाद्र ३ गते कृष्ण जन्माष्टमीको अवसर परेर एकसाथ सिनेमा घरमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म  ‘कृष्णलीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगन्ज’ रहेका छन्। दिपक ओली निर्देशित फिल्म ‘कृष्णलीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा रहेका छन्। यसै गरी माइकल अधिकारी’ लाई रंजित रौनियारले निर्देशन गरेका छन्। गोपीकृष्ण मुभिजका लागी निरक पौडेलले फिल्म निर्माण गरेका हुन्। सेरोगेसीको कथामा बनेको फिल्ममा सौगात मल्ल र शृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। साथै , परिच्छेद शेन निर्देशित तेश्रो  फिल्म प्रेमगन्ज" मा बेनिशा हमाल, तेज गिरि, सम्पदा बानियाँ, राइडर प्रशान्त, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।