फिल्म ‘प्रेम गीत ३’ को दोश्रो टिजर सार्वजनिक भएको छ । निर्माण टिमले हिन्दि र नेपालि दुवै टिजर फेरी सार्वजनिक गरेका हुन् ।
छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको फिल्ममा शिव श्रेष्ठ, पुस्कर कार्की, माओत्से गुरुङ्ग, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म असोज ७ गते नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुँदैछ ।