फिल्म "छड्के २" को छायाङकन सुरु भएको छ ।  गत शुक्रबार निर्माण टिमले कृष्ण जन्माष्टमीको अवसर पारेर चितवनमा शुभ मुहर्त गर्दै छाँयाकन सुरुवात गरेका हुन् । फिल्ममा अभिनेता अनमोल केसी मुख्य भुमिकामा रहेका छ्न् । फिल्ममा अनमोलको अलावा  रोविन तामाङ्ग र कमलमणि नेपालको पनि अभिनय रहेको छ।

 

Cine Pati

ग्याङस्टार र कमेडी कथामा निर्माण भएको लागेको फिल्मको चितवन र मनाङमा छायांकन हुनेछ । फिल्मलाई निगम श्रेस्ठले निर्देशन गर्ने छन् । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए । मेघा फिल्म्सको ब्यानरमा बन्न लागेको ग्याङ्गस्टर फिल्मको छायांकन सेड्युल ६० दिनको रखिएको छ ।