बलिउड फिल्म  ‘इश्क पस्मिना’  को पोस्टर सार्वजनिक गरीएको छ । निर्माण टिमले फिल्मको रिलिज मोति तय गर्दै फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । आगामी सेप्टेम्बर २३ मा रिलिज हुने भएको छ  । बलिउड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्मलाई अरविन्द पाण्डेले निर्देशन गरेका छन् । फिल्मको गीत तथा कथा निर्देशक पान्डेकै रहेको छ । फिल्ममा टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित क्रिकेटर दिपक चाहरकी बहिनी मालती चाहर साथै अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला,कायनात अरोडा र बाल कलाकार गौरीका मिश्राको अभिनय देख्न सकिन्छ । फिल्मका निर्माता सुरज सुर्या मिश्रा हुन् l   "इश्क पस्मिना"को ट्रेलर भने सेप्टेम्बर १ मा सार्वजनिक हुने निर्माण कम्पनीले जनाएको छ । भारतका प्रसिद्ध सङ्गीतकार शाम बलकर र शाश्वत प्रखरको  सङ्गीत छ भने भारतका चर्चित फिल्म सम्पादक राजेश पाण्डेले फिल्म सम्पादन गरेका छ्न्। आगामी सेप्टेम्बर २३ मा फिल्म रिलिज हुने छ  ।