गायनमा आधारित रहेको रियालिटी शो नेपाल आइडलको बिजेता बुद्ध लामा बनेका छन् । उनी नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । २० बर्षका बुद्ध पोखराका हुन् । पुर्खोली घर धादिङ भएता पनि बुद्ध आफ्नो परिवारसँगै पोखरामा बस्दै आइरहेका छन् ।
त्यस्तै नेपाल आइडलको फस्र्ट रनअप भने निशान भट्टराई बनेका छन् । मोरङका निशान केही समय देखि काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् । नेपाल आइडलको दावेदार रहेका निशान दोस्रो बनेका हुन् । निशानसँगै अर्का प्रतिस्प्रर्धी प्रताप दास सेकेण्ड रनरप भएका छन् । उनले नेपाल आइडलको तेस्रो उपाधी जितेका हुन् । नेपाल आइडलको ग्राण्ड फिनाले कतारको दोहामा सम्पन्न भएको हो ।