जुम्ला फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर सम्पन्न गरिएको छ । गत आइतबार गरिएको प्रीममिएर फिल्मका मुख्य कलाकार प्रदीप खड्का र लेखक विकास सुवेदीले उपस्थिति रहेको थियो  पातारासी गाउँपालिकाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा देखाइएको फिल्मलाई स्थानीयले प्रशंसा गरेका थिए l स्थानीय संस्कार अनुसार जुम्लेली समुदायले प्रदीप र विकासको गलामा माला, निधारमा अबिर र शिरमा फेदा लगाइदिएका थिए । स्थानीयले फिल्म एकदमै राम्रो बनेको र एक पटक जुम्लाको कथा हेरिदिन आग्रह गरेका थिए lनिर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण भएको छ l फिल्ममा प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका रहेको छ l साथै, यसै फिल्म बाट ठुलो पर्दामा रेणुले डेब्यु गरेकी हुन् l विकास सुवेदीले लेखेको फिल्मको कथाले शिक्षक बन्न सङ्घर्ष गर्ने एक युवाको कथा बोल्ने छ l अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् l तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको सङ्गीत ,प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, जीवन थापाको सम्पादन  फिल्ममा समावेश रहेको छ । यही  भदौ १० गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ l