‘प्रेमगीत ३’ को हिन्दी गीतको एल्बम सार्वजनिक भएको छ l हिन्दि एल्बममा ४ गीत समावेश छन् । ‘कोइ ना कोइ नाता हे’, ‘जहाँ भी जाओ आइ सनम बस तु हि तु’,‘तुम प्यार हो’ र ‘मुझ मे बस जाना’ रहेका छन् l सार्वजनिक गीतमा पवन दीप राजनको ,देवराज, असलम केई,देवराजको र कल्याण सिंहको सङ्गीत रहेको गीतमा  सुवास काले ,हरि शङ्कर सुफी, कुमार र ए.एम. तुराजको  शब्द रचना रहेको छ l   साथै भारतका चर्चित गायक जुविन नौटियाल , राहत फतेह अलि खान, अङ्कित तिवारी,पलक मुछाल/देव नेगीको आवाज गीतमा दिएका छन् l ८ करोड बढी सब्सक्राइब रहेको ‘जी म्युजिक कम्पनी’ले यसको हिन्दि जुकबक्स रिलिज गरिएको हो ।

छेतेन गुरुङ र सन्तोष शेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेका छन्। आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको फिल्ममा शिव श्रेष्ठ, पुष्कर कार्की, माओत्से गुरुङ, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म असोज ७ गते नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुँदै छ ।