अभिनेताद्द्य चिरञ्जीवी र सलमान खानको सहकार्य रहेको तेलेगु फिल्म ‘गड फादर’को टिजर सार्वजनिक भएको छ । मलायलम फिल्म ‘लुसिफर’को रिमेक रहेको यो फिल्ममा चिरञ्जीवीले मोहनलालको भूमिका निर्वाह गरेका छन् । गडफादरमा सलमान पृथ्वीराज सुकुमारनको भूमिकामा देखिनेछन् भने नयनताराले मञ्जु वारियरको भूमिका निर्वाह गर्नेछिन् ।

मोहन राजा निर्देशित यो फिल्म सलमान खानको पहिलो तेलुगू फिल्म हो । यो फिल्म दशैं छेकोमा असोज १९ गते रिलिज हुँदै छ ।