फिल्म 'सम्हालिन्छ कहिले मन्' को गीत रिलिज भएको छ l फिल्मको शीर्ष गीत सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक सुगम पोख्रेलको आवाज समावेश गरिएको छ l जेम्स प्रधानकै सङ्गीत रहेको गीतको शब्द रचना सुयश भट्टराईको छ । गीतमा फिल्मका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन् ।
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पूजा, आकाश र सोनमका साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ । लन्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो । भाद्र १७ मा प्रदर्शन हुने फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मले त्रिकोणात्मक प्रेमकथाका भन्ने छ l