गायक तथा अमेरिकन आइडल फाइनालिस्ट आर्थर गन उर्फ दिवेश पोखरेल चितवनमा गुन्जिँदै छन्  l  ‘टुबोर्ग होमकमिङ टुर’को सुरुवात काठमाडौंबाट गरेका उनले चितवनको लाइम एन्ड लेमनमा अगस्ट २४ तारिखमा आर्थर आफ्नो अमेरिकी ब्यान्डसहित प्रस्तुती दिने  छन् । उनको सांगीतिक टुर गएको शनिबार काठमाडौंको क्लब प्लाटिनमबाट सुरु भएको हो । चितवनपछि उनले पोखरा, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिने आयोजकले जनाएको छ । आर्थरले चितवनको भरतपुरमा बेलुका ६ बजेदेखि करिब दुई घण्टा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।