हरेक बर्ष आयोजना हुने नेपालको सार्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपाललेको आयोजना गर्दै आइरहेको संस्था द हिडेन टर्ेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सव मनाएको छ । काठमाडौँको अन्नपुर्ण होटेलमा शुक्रबार पुर्व मिस नेपालहरुको साथै बिभिन्न व्यक्तित्वहरु बिच वार्षिकोत्सब मनाएको छ । त्यसै बिच नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको छ । उनलाई द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाईदिदै घोषणा गरेका हुन् । अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बरमा आयोजना हुने ६६ औ मिस युनिभर्समा नग्मा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै जानेछिन् । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन । पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागी हुन् पाउदा निकै खुसी लागेको र आफुले पाएको जिम्मेवारीलाई पुरा गर्न कही कतै कसर बाकि नराख्ने नग्माले बताइन् । उनी कार्यक्रममा सहभागी हुन नोभेम्बर ५ मा अमेरिका उड्ने छिन् ।