दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाकाे अभिनय रहने फिल्म 'पुष्पा- २'को छायांकन सुरू गरीएको छ। 'पुष्पा: द रूल' नामाकरण गरीएको फिल्मको शुभ मुहूर्त गदै छायांकन सुरू गरिएको हो। सुकुमार निर्देशित फिल्म 'पुष्पा द राइज'ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको बताइएको छ।