फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटियो भने खबर बाहिरिए पछि नायिका केकिले बोलेकी छ्न् । उनले आफ्नो नामको दुरुपयोग गरेको भन्दै सामाजिक सन्जालमा आफ्नो भनाइ राखेकी  छन् ।

Cine Pati

सन्जालमा  उनि लेख्छिन् :विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार `ब्लु बर्ड एच डि ´नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसंग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन। र यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु।