बलात्कार आरोपमा हिरासत जिवन बिताइरहेका अभिनेता  पल शाहको मुद्दाको  बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँने भएको छ । म्युजिक भिडियो छायांकनका क्रममा पलले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै किशोरीका बुबाले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । जाहेरीमा सुटिङका क्रममा पटक–पटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको आरोप लगाएकी थिइन् l भने उनले उक्त  बयान पनि फेरीसकेकी छ्न् ।