फिल्म ‘दुई नम्बरी’ टिमले गीत प्रतियोगिताको घोषणा गरेको छ । शीर्ष गीतको नाममाथि गीत तयार गर्ने निर्माण टिमले रु ५०,००० दिने जानकारी गराइएको छ भने उत्कृष्ट हुन पर्ने छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ ।'रेड बर्ड प्रोडक्सन'को प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि छन् । आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।