फिल्म ‘झिँगे दाउ’को दोश्रो गीत सार्वजनिक गरिएको छ ।  गीत ‘टल टल टलक्कै´ रिलिज भएको हो l  अर्जुन पोखरेलले संगीत गरेको गीतमा अञ्जु पन्त र सरेश लामाको युगल स्वर समावेश छ । एक नारायण भण्डारी र दिनेश राज पुरीले लेखेको गीतमा फिल्मका मुख्य कलाकार कुशल विष्ट र आँचल शर्मा फिचर्ड छन् ।  निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको गीतमा अभिनेता मुकुन भुषाल र अभिनेत्री केकी अधिकारीको बिहेको रमाइलोमा तयार पारिएको गीतले आँचल र कुशलको प्रेमभाव बोल्छ  युट्युब च्यानल ओेएस्आरबाट सार्वजनिक गरिएको हो l  प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । 

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगे दाउ’ कपन गढी सिनेमा प्रा.लि को ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।भदौ १७ गतेबाट फिल्म प्रदर्शनमा आउने छ ।