फिल्म ‘प्रेम गीत ३’ का दुई गीत हिन्दी र नेपालीमा रिलिज भएका छन् । नेपालीमा ‘मायाको गाउँ’ र हिन्दीमा ‘कोई ना कोई नाता’ बोलको गीतहरु सार्वजनिक भएका हुन् । दुबै  गीतको भिडियोमा नायक प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङ फिचर्ड छन् । सार्वजनिक नेपाली गीतमा सरोज पोखरेलको संगीत, विष्णु भण्डारीको शब्द र प्रताप दासको स्वर छ । यस्तै हिन्दीमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा र सुभाष कालेको शब्द छन् । 

 

सार्वजनिक नेपाली गीतमा सरोज पोखरेलको संगीत, विष्णु भण्डारीको शब्द र प्रताप दासको स्वर छ । यस्तै हिन्दीमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा र सुभाष कालेको शब्द छन् । 

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको फिल्म प्रेम गीत असोज ७ गतेबाट वल्र्डवाइड रुपमा प्रदर्शन हुँदैछ ।