अभिनेता विपिन कार्कि बिरुद्द उजुरी परेको छ । सम्पर्कमा नआएको भन्दै निर्माता सुभाष थापाले नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् । बिहीवार कार्कि बिरुद्द थापाले उजुरी हालेका छन् । फिल्म खेल्नका लागि सहमती गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएका हुन् । फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन थापाको आग्रह छ । फिल्ममा ठूलो खर्च भइसकेको र कास्कीबाट फर्किएपछि विपिन कार्की सम्पर्कमा नआएको उनको भनाई छ । केहि समय अघी निर्माता र अभिनेताबीचको विवाद निस्किएपछि ‘प्रसाद २’ को छायाँकन सेटमा पुगेर रोकिएको थियो ।