आजबाट सिनेमा घरमा दुई नेपाली फिल्म रिलिजमा आएका छन् l फिल्म 'प्रकाश' र 'दी सेक्रेट्स अफ राधा' फिल्म प्रदर्शनमा आएका हुन् । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का र रेणु मुख्य भूमिकामा रहेका छन्। यसै गरी 'दी सेक्रेट्स अफ राधा' लाई आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई सौगात र सुवर्ण थापाले निर्माण गरेका हुन् l फिल्ममा सौगात र सृष्टिको अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै दयाहाङ राई र निश्चल बस्नेतलाई पनि फिल्ममा देख्न सकिन छ l