निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने निर्णय गरेकी छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा उनले नायिका विरुद्द उजुरी दिने निर्णय गरेकी हुन् l आफ्ना नीजि तस्विरहरु अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् । गत महिना करिश्माले निहारिकाको केही तस्विरहरु सामाजिक सन्जालमा सार्वजनिक गरेकी थिइन् l सार्वजनिक तस्विरमा निहारीका एक युवकसित अन्तरंग सम्बन्धमा रहेकी थिइन् l केही महिना अघी अनसनमा बसेकी निहारीकालाई  उक्त समय करिश्माले उनी र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गर्दै छोरा लिएर आफ्नो घरमा आउन आग्रह गरेकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन्, ‘मेरो भाई बिनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’जनकपुरका शिवराज श्रेष्ठले ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको र बलात्कारपछि बच्चा जन्मिएकाले दोषीलाई कारवाही र बच्चाको डिएनए परिक्षणको काम गर्दै निहारिक लामो समयदेखि अनसनरत थिइन् ।